वीरगन्ज :

धानको समर्थन मूल्य निर्धारण

श्रेणी : कृषि

46 minutes
Pradeep Sah
1.9kViews
1112 Shares

वीरगंज (पर्सा), ११ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो र मध्यम धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले समयमै समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिए ।

सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तथा मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ कायम गरेको जनाएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यले किसानलाई राहत पुग्ने तथा धान उत्पादनलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *