वीरगन्ज :

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने

श्रेणी : BANNER

10 months
Pradeep Sah
3.1kViews
1335 Shares

काठमाडौं,२६ भदौ । देशभरको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नियमित पठनपाठन छठ पर्वपछि मात्रै सुरु हुने भएको छ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार भदौ २९, ३० र ३१ गते, असोज १, २ र ५ गते तथा कार्तिक ९ गतेसम्म पठनपाठन बन्द रहनेछ। त्यसपछी कार्तिक ११ गतेदेखि मात्र कक्षाहरू सञ्चालन हुनेछन्।

सूचनामा भनिएको छ, “विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदाबाट कटौती गरी पठनपाठन स्थगित गरिएको हो। नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुनेछ।”

जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रमका कारण देशभर शैक्षिक संस्था प्रभावित भएका छन्। त्रिविको यो निर्णयले पठनपाठन पुनः सुरु हुन केही समय कुर्नुपर्ने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *