वीरगन्ज :

ठा.रा.ब क्याम्पसमा स्ववियु निर्वाचनको गर्मा-गर्मी: अनेरास्ववियुबाट पवन यादवको नाम चर्चामा

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.3kViews
1871 Shares

वीरगञ्ज, २९ माघ – ठाकुर राम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थी राजनीतिले तातो लिएको छ। विभिन्न विचारधारासँग सम्बन्धित विद्यार्थी नेताहरू आ-आफ्ना प्यानल बनाएर चुनावी मैदानमा उत्रिने तयारीमा छन्।

यसैबीच नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का तर्फबाट पवन यादवको नाम चर्चामा छ। यादव अनेरास्ववियुको पर्सा जिल्ला कमिटीका सचिवसमेत हुन्। संगठनले उनलाई स्ववियु निर्वाचनको उम्मेदवारका रूपमा चयन गरिसकेको छ।

मिलनसार, मृदुभाषी र विद्यार्थीको हकहितका लागि निरन्तर संघर्ष गर्न सक्ने नेताका रूपमा परिचित यादवलाई अर्को कुनै विकल्प नरहेको अनेरास्ववियुका विद्यार्थी नेताहरूको भनाइ छ।

ठाकुर राम बहुमुखी क्याम्पसमा देखिएका बेथिती अन्त्य गर्न र क्याम्पसको पुरानो साख पुनःस्थापित गर्न आफू चुनावी मैदानमा होमिएको यादवले विरगंज रिपोर्टलाई बताए। उनले संगठनभित्र राय–सल्लाह भइसकेको र अनेरास्ववियुबाट आफ्नो प्यानलमै निर्वाचनमा जाने पक्का भएको जानकारी पनि दिएका छन्। ठाकुर राम क्याम्पसमा स्ववियु निर्वाचन आउँदो चैत ५ गते हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *