वीरगन्ज :

जसपा नेपालकी महिला नेतृ सर्राफ जनमत पार्टीमा प्रवेश

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.1kViews
1600 Shares

वीरगंज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकी महिला नेतृ रेनु सर्राफ जनमत पार्टीमा प्रवेश गरेकी छिन् । जसपा नेपालको समाजवादी महिला संघको वीरगंज महानगर अध्यक्षसमेत रहेकी सर्राफ बिहीबार जनमत पार्टीमा प्रवेश गरेकी हुन् ।

पहिलो मधेस मधेस आन्दोलनमा सक्रिय भूमीका निर्वाह गरेकी नेतृ सरार्फलाई बिहीबार वीरगंजस्थित जनमत पार्टीको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफ लगायतका नेताले खादा लगाएर पार्टीमा स्वागत गरे । यस्तै वीरगंज महानगरपालिका वडा नम्बर ११ का युवा राजु गुप्तापनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा जनमत पार्टी केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, नेतृ रम्भा मिश्रा, महिला जनमत संघकी जिल्ला अध्यक्ष अन्जना गुप्ता, केदार पटेल, किसुन देव यादव, युवा नेता राजुराज गिरी, रेखा सरार्फ लगायतकाको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *