वीरगन्ज :

जगरनाथपुरकाे विद्यालयमा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध

श्रेणी : मधेस

2 years
Pradeep Sah
2.4kViews
1722 Shares

सेढवा । पर्साको जगरनाथपुर गाउँपालिकाका सामूदायिक बिद्यालयका कक्षाकोठामा मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध गरिएका छन। पालिकाभित्र रहेका सामूदायिक बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेका छन।

कक्षा संचालनका समयमा मोबाइल तथा कुर्सीको प्रयोगका कारण शैक्षणिक क्रियाकलापमा नाकारात्मक प्रभाव परेका कारण सो निर्णय गरिएका शिक्षा शाखाका प्रमुख अशोक सिंहले बताए। पालिका भित्र रहेका ३१ वटा सामूदायिक तथा धार्मिक बिद्यालयमा सो नियम लागू हुने सूचनामा जनाइएका छन।

बिद्यालयमा अनुगमन गर्ने क्रममा कक्षा संचालनका समयमा कुर्सी र मोबाइल प्रयोग गरेको पाईएमा सो शिक्षकलाई पालिकाले कार्यवाही गर्ने जनाइएका छन।बिद्यालयमा कार्यरत रहेका अपाङ्ग शिक्षक शिक्षिकाका लागि कक्षाकोठामा कुर्सी प्रयोग गर्न सकिने सूचनामा उल्लेख रहेका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *