वीरगन्ज :

ग्यास लिकबाट आगलागी हुँदा बाराका युवक घाइते

श्रेणी : दुर्घटना

17 hours
Pradeep Sah
2.8kViews
1055 Shares

बारा,०४ साउन । बाराको प्रसौनी गाउँपालिकामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा एक जना युवक घाइते भएका छन्।

प्रसौनी गाउँपालिका–५ बहुअरी टोलमा डेरा गरी बस्दै आएका पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ निवासी ३३ वर्षीय महेश पटेल आगलागीमा परी घाइते भएका हुन्।

प्रहरीका अनुसार सोमबार राति कोठामा खाना पकाउने क्रममा अचानक एलपीजी ग्यास लिक भएर पटेलको सर्टमा आगो सल्किएको थियो। आगलागीबाट उनको अनुहार, छाती, ढाड तथा दुवै हातमा जलेको चोट लागेको छ।

घाइते पटेलको हाल पर्सास्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *