वीरगन्ज :

गौर–पुरेनवा सडकमा शंकास्पद बोरा भेटिएपछि सुरक्षा सतर्कता कडा

श्रेणी : मधेस

8 hours
Pradeep Sah
1.6kViews
1345 Shares

रौतहट,०४ साउन । रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डमा सोमबार शंकास्पद अवस्थामा एउटा बोरा फेला परेपछि स्थानीय क्षेत्रमा केही समय त्रास फैलिएको छ।

सडकमा लतपतिएको अवस्थामा रहेको बोरा देखेपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षा घेरामा राख्दै आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरेको जनाएको छ।

प्रहरीले शंकास्पद वस्तुको प्रकृति खुल्न बाँकी रहेको भन्दै सावधानी अपनाउन र अनावश्यक हल्ला नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *