काठमाडौँ ,०९ वैशाख । गृहमन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाहले आफैसँग राख्ने भएका छन्।
गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री शाहले नै सम्हाल्ने व्यवस्था गरिएको हो।
प्रधानमन्त्रीको प्रेस विज्ञ दीपा दाहालका अनुसार गृहमन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेपछि मन्त्रालय प्रधानमन्त्री मातहत रहने निर्णय भएको हो।
“गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानुभएको छ। तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,” दाहालले बताइन्।

प्रतिक्रिया