वीरगन्ज :

गाली बेइज्जती मुद्दाको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

श्रेणी : BANNER

1 hour
Pradeep Sah
2.9kViews
1437 Shares

काठमाडौं १८ असार । कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनलाई बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले अदालतको आदेश कार्यान्वयन गर्न भण्डारीलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

भण्डारीविरुद्ध कञ्चनपुर निवासी किरण विष्टले गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका थिए। सो मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ साल जेठ १ गते भण्डारीलाई दोषी ठहर गर्दै १ महिना ७ दिन कैद तथा १२ हजार १०० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।

जिल्ला अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारीले उच्च अदालतमा पुनरावेदन दिएका थिए। तर, उच्च अदालत दिपायलको महेन्द्रनगर–धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतको फैसला नै सदर गर्दै पुनरावेदन खारेज गरेको थियो।

उच्च अदालतबाट समेत फैसला कायम भएपछि सोही आदेश कार्यान्वयनका लागि प्रहरीले भण्डारीलाई पक्राउ गरेको डिएसपी रावतले जानकारी दिए। हाल उनी प्रहरी हिरासतमा रहेका छन् र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *