वीरगन्ज :

गहवा माई रथयात्रामा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी, ‘मानव सेवा हाम्रो निरन्तर अभियान’— गोविन्दा साह कानु

श्रेणी : धर्म संस्कृति

2 hours
Pradeep Sah
2.1kViews
1121 Shares

वीरगंज (पर्सा), ३२ असार ।  वीरगञ्जमा सम्पन्न गहवा माईको ऐतिहासिक रथयात्राका अवसरमा विभिन्न लायन्स क्लबहरूले संयुक्त रूपमा सेवामूलक अभियान सञ्चालन गर्दै हजारौं श्रद्धालु भक्तजनलाई निःशुल्क खानेपानी उपलब्ध गराएका छन्।

लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी तथा लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईको संयुक्त पहलमा रथयात्रामा सहभागी भक्तजनलाई लक्षित गरी यात्रामार्गमै स्वच्छ पिउने पानी वितरण गरिएको हो।

रथयात्राका क्रममा अत्यधिक गर्मीका बाबजुद ठूलो संख्यामा श्रद्धालु सहभागी भएकाले उनीहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। लायन्स क्लबका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूले यात्रामार्गमा खटिएर भक्तजनलाई खानेपानी वितरण गरेका थिए। सेवामूलक यस अभियानलाई सहभागी भक्तजनले सकारात्मक रूपमा लिँदै व्यापक प्रशंसा गरेका थिए।

कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन गोविन्दा साह कानुले मानव सेवा नै लायन्सको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै धार्मिक तथा सामाजिक गतिविधिमा यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनका अनुसार चर्को गर्मीका कारण रथयात्रामा सहभागी भक्तजनलाई सहज अनुभूति गराउने उद्देश्यले स्वच्छ पिउने पानी वितरण गरिएको हो।

खानेपानी वितरण कार्यक्रममा सहभागी चारै लायन्स क्लबका अध्यक्ष, पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भक्तजनहरूले पनि लायन्स क्लबको सामाजिक उत्तरदायित्व र सेवाभावको प्रशंसा गर्दै यस्ता मानवीय अभियानले धार्मिक यात्रालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको प्रतिक्रिया दिएका थिए।

लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानव सेवाका विविध क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। गहवा माईको ऐतिहासिक रथयात्रामा सञ्चालन गरिएको निःशुल्क खानेपानी वितरण अभियान पनि त्यसैको निरन्तरता र सेवाप्रतिको प्रतिबद्धताको उदाहरण भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *