वीरगन्ज :

कार्यालय सहयोगीमाथि निर्घात कुटपिटको आरोप, मेयरविरुद्ध पक्राउ पुर्जी जारी

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.5kViews
1105 Shares

सिरहा,२६ चैत  । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ। घटनापछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

नगरपालिकामा कार्यरत कार्यालय सहयोगीमाथि हातपात भएको घटनालाई लिएर मेयर यादवविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्राप्त विवरणअनुसार गत सोमबार बिहान करिब ९ बजे हाजिरी लगाउने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले आक्रमण गरेको आरोप छ।

कुटपिटबाट घाइते भएका यादवको हड्डी भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनी विराटनगरस्थित अस्पतालमा उपचाररत छन्।

पीडितको उजुरीपछि मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ अनुमति लिइसकिएको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

यसै घटनामा संलग्न भनिएका नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *