वीरगन्ज :

कर्मचारीले राजनीतिक विचार बोक्न हुँदैन भन्नेहरु टुप्पाबाट पलाएका हुन् : प्रधानमन्त्री

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.3kViews
1378 Shares

काठमाडौँ, ३० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले राजनीतिक विचार बोक्न नहुने र संगठन हुनै नहुने भन्ने विचार टुप्पाबाट पलाएकाहरूले गर्ने गरेको बताएका छन् ।

बुधबार निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘कर्मचारीहरूको संगठन हुनुहुँदैन, कर्मचारीहरूले राजनीतिक विचार बोक्नु हुँदैन, कर्मचारी भनेको विचार शून्य हुनुपर्छ भन्ने विचार आजमात्र आएको होइन’, प्रधानमन्त्री ओलीले भने,‘यी राजनीति साजनीति नगरेका, आन्दोलन नदेखेका, टुप्पाबाट पलाएकाहरूले मात्रै उठाउने हो ।’

कर्मचारीविरुद्ध हमला पहिलादेखि हुँदै आएको भन्दै दल वा व्यक्ति हेरेर नभई निष्पक्ष ढंगले कर्मचारीले सेवा दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *