वीरगन्ज :

करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1983 Shares

रौतहट,२९ चैत । रौतहटको ईशनाथ नगरपालिका ३ मा करेन्ट लागेर बिहीबार नाबालकको मृत्यु भएको छ । पानी तान्ने कलमा लागेको मोटरमा करेन्ट लागेर ईशनाथ नपा ३ औरैया टोलका सिराजुल मियाँको ७ वर्षीया छोरा आलम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खेल्दा खेल्दै छिमेकी इस्लाम देवानको पानी तान्न हेन्ड पाइपमा जडान गरिएको मोटरमा करेन्ट लागेर घाइते भएका नाबालकलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याउँदा चिकित्सले मृत घोषित गरेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।

यसतै, शव पोस्टमार्टम प्रादेशिक अस्पताल गौरमा भइरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको समेत प्रहरी निरीक्षक प्रसादले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *