वीरगन्ज :

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ यात्रु घाइते, दुईको अवस्था चिन्ताजनक

श्रेणी : BANNER

1 hour
Pradeep Sah
1.6kViews
1279 Shares

बुटवल,१२ जेठ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनाका बेला बसमा ५६ जना यात्रु सवार रहेका थिए।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–१ निवासी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेत वीरेन्द्रनगर–११ का ३० वर्षीय प्रकाश विक रहेका छन्। दुवैलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ।

अन्य १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूको भैरहवा सिटी अस्पताल तथा बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा चालक डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढा तथा सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, बाँके, झापा, ललितपुर र ओखलढुंगाका यात्रुहरू घाइते भएका छन्।

प्रहरीले बस किन अनियन्त्रित भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *