वीरगन्ज :

एसईई नतिजामा मधेश प्रदेश कमजोर

श्रेणी : मधेस

1 hour
Pradeep Sah
2.3kViews
1691 Shares

वीरगंज (पर्सा), ३० वैशाख । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा पनि मधेश प्रदेश सहित सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश तुलनात्मक रूपमा कमजोर देखिएका छन् । राष्ट्रिय औसत ६६ प्रतिशत उत्तीर्ण दर रहँदा यी प्रदेशहरू राष्ट्रिय स्तरभन्दा पछाडि परेका हुन् ।

नतिजाअनुसार सुदूरपश्चिमबाट करिब ५१ प्रतिशत, मधेसबाट करिब ५८ प्रतिशत र कर्णालीबाट करिब ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसले ती प्रदेशहरूको शैक्षिक उपलब्धि राष्ट्रिय औसतभन्दा कमजोर रहेको देखाएको छ । यसको विपरीत बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेश ले भने तुलनात्मक रूपमा राम्रो नतिजा निकाल्दै आएका छन् ।

यस वर्ष बागमतीबाट करिब ७८ प्रतिशत, गण्डकीबाट ७३ प्रतिशत र कोशीबाट करिब ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा केही प्रदेशहरूको नतिजामा उतारचढाव देखिएको छ । विशेषगरी कर्णाली प्रदेश, जुन अघिल्लो वर्ष तुलनात्मक रूपमा राम्रो देखिएको थियो, यस वर्ष कमजोर बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *