वीरगन्ज :

एमाले पर्सा क्षेत्र नं. १ मा अभियानको रफ्तार बढ्यो, चुनावी समिक्षासँगै संगठन सुदृढीकरणमा जोड

श्रेणी : मधेस

52 minutes
Pradeep Sah
2.2kViews
1345 Shares

वीरगन्ज,०९ जेठ । नेकपा एमाले पर्सा क्षेत्र नं. १ को क्षेत्रीय समितिले चुनावी समीक्षा बैठक सम्पन्न गर्दै संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय गरेको छ। क्षेत्रीय अध्यक्ष मानदेव हजराको अध्यक्षतामा सम्पन्न बैठकमा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

बैठकमा केन्द्रीय कमिटी सदस्य विजय सरावगी, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, प्रदेश सदस्य अनिल कुमार हजरा, बासदेव यादवसहित वडा कमिटीका अध्यक्ष तथा पार्टीका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा पछिल्लो निर्वाचनको समीक्षा गर्दै संगठनलाई अझ सक्रिय, सशक्त र जनमुखी बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ। सहभागी नेताहरूले पर्सामा एमालेप्रति जनआकर्षण बढ्दै गएको दाबी गर्दै क्षेत्र नं. १ लाई आगामी निर्वाचनमा पार्टीको बलियो आधार क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रमुख अतिथि प्रभु हजराले एमालेविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै जनताले विकास, स्थायित्व र राष्ट्रहितको पक्षमा एमालेप्रति विश्वास कायम राखेको दाबी गरे।

उनले कार्यकर्ताहरूलाई घरदैलोमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न, पार्टीका नीति तथा उपलब्धि जनस्तरसम्म पुर्‍याउन र संगठन विस्तार अभियानलाई तीव्र बनाउन निर्देशन दिए।

मधेस प्रदेश उपाध्यक्ष विचारी यादवले मधेस प्रदेशमा युवापुस्ताको आकर्षण एमालेतर्फ बढिरहेको दाबी गरे। बैठकले संगठन विस्तार, सदस्यता वृद्धि, वडा तहसम्म पार्टी संरचना सक्रिय बनाउने तथा आगामी राजनीतिक अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय समेत गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *