वीरगन्ज :

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1956 Shares

बीरगन्ज,०६ साउन । पर्साको बीरगन्जमा ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बीरगन्ज महानगरपालिका–२४, रामगढवा निवासी २६ वर्षीय जाहिर अन्सारीको सोमबार बिहान मृत्यु भएको हाे ।

घरअगाडि राखिएको आफ्नो ई-रिक्सा चार्ज गर्ने क्रममा बिहान ११ बजेर १० मिनेट जाँदा उनलाई करेन्ट लागेको थियो। गम्भीर अवस्थामा तत्कालै तराई अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको पर्साका प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले बताए।

मृतक अन्सारीको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *