वीरगन्ज :

इनिशा विकको न्यायको माग गर्दै माइतीघरमा हस्ताक्षर अभियान सुरु

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
1.8kViews
1468 Shares

काठमाडौं,०९ चैत । १७ वर्षीया इनिशा विकको न्यायको माग गर्दै राजधानीको माइतीघरमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ।

सामाजिक अभियन्ता नेल्शन घतानीसहितका युवाहरूले सोमबार माइतीघरमा भेला भई ‘पीडितलाई न्याय दे’, ‘महिला तथा दलितमाथि हुने हिंसा अन्त्य गर’ लगायत सन्देश लेखिएको ब्यानरमार्फत हस्ताक्षर संकलन गरेका हुन्।

अभियन्ताहरूले इनिशा विकको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै, यस्ता घटनाहरू दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा सहभागीहरूले न्यायका लागि जनदबाब आवश्यक रहेको बताउँदै हस्ताक्षर अभियानमार्फत सरोकारवालालाई ध्यानाकर्षण गराउने प्रयास गरिएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *