वीरगन्ज :

इँट्टाभट्टाको पर्खाल भत्किँदा मजदुरको ज्यान गयो

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.9kViews
1995 Shares

दाङ, २९ चैत । तुलसीपुर उपमहानगरपालिका–१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

स्थानीय सेवा इँट्टाभट्टामा काम गर्ने क्रममा पर्खाल अचानक भत्किएर मजदुरहरू च्यापिएका थिए। घटनामा भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

त्यस्तै सोही घटनामा ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *