वीरगन्ज :

आमाको थरबाट नागरिकता लिने व्यवस्था गर्दै सरकार

श्रेणी : BANNER

10 months
Pradeep Sah
2.4kViews
1206 Shares

काठमाडौं,२७ साउन । जबर्जस्ती करणीबाट जन्मिएका, बुवाको नाम थाहा नभएका वा सार्वजनिक गर्न नचाहने सन्तानलाई आमाको थर राखेर नागरिकता दिलाउने व्यवस्था नेपाल सरकारले गर्ने भएको छ।

गृहमन्त्री रमेश लेखकले मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा प्रस्तुत नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को सैद्धान्तिक छलफलमा सो व्यवस्था समावेश गरिएको जानकारी दिए।

उनका अनुसार वैदेशिक रोजगार वा अन्य कारणले विदेशमा गर्भाधान भई नेपाली आमाबाट नेपालमै जन्मिएका सन्तानले पनि यो प्रावधान अन्तर्गत नागरिकता पाउनेछन्। तर, त्यसका लागि बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको प्रमाणसहित सन्तान र आमाले तोकिएको ढाँचामा स्वघोषणा गर्नुपर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *