वीरगन्ज :

अख्तियारको अनुसन्धानले दिए प्रमुख सहसचिव भट्टराईलाई १० दिनको ‘तारेख’

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.9kViews
1264 Shares

काठमाडाैं,१२ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनको ‘तारेख’ दिएको छ। उनी १० दिनपछि आयोगमा उपस्थित हुन निर्देशन दिइएको छ। यसअघि, जेठ ७ गते उनलाई अख्तियारमा उपस्थित गराइएका थिए र दुई दिनसम्म सोधपुछ गरिएको थियो। तर, डीएफएल (डिजिटल फरेन्सिक ल्याब) रिपोर्ट नआएको कारण थप अनुसन्धान अघि बढ्न सकेको छैन।

अख्तियारले भट्टराईको मोबाइल र ल्यापटप लगायतका डिजिटल उपकरणहरू नियन्त्रणमा लिइ फरेन्सिक परीक्षण गरिरहेको छ। यससँगै, भट्टराईसहित अन्य चार जनाको मोबाइल परीक्षण भइरहेको छ, जसको रिपोर्ट नआएको कारण बयान लगायतका प्रक्रिया रोकिएका छन्।

अख्तियारको प्रारम्भिक अनुसन्धानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र बिचौलियाहरूले पर्यटक भिसा लगाएर विदेश जान चाहने महिलाहरूबाट ठूलो रकम असुल्ने गरेको पत्ता लगाएको छ। उनीहरूले ‘कोडवर्ड’ प्रणालीको प्रयोग गर्दै युएई र कुवेततर्फ जान चाहने महिलाहरूबाट रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ।

यसअघि, काठमाडौं जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २२ जनाविरुद्ध मानव ओसारपसार र भ्रष्टाचारको मुद्दा दायर गरेका थिए, जसमा ९ जना विमानस्थलका कर्मचारी पनि समावेश थिए। उनीहरूले पर्यटक भिसा लगाएर युवतीहरूलाई खाडी मुलुकतर्फ पठाउने काममा संलग्न थिए। यसमा, नारवीर खड्का र तारा बहादुर कुँवर जस्ता कर्मचारीहरूको नाम पनि आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *