वीरगन्ज :

सेवाग्राहीमा प्रभावहिन बन्दै हुलाक सेवा

सेवाग्राहीमा प्रभावहिन  बन्दै हुलाक सेवा

श्रेणी : समाचार

2 years
birgunj report
19Views
0 Shares

काठमाडौं । भदौ १३ गते
सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहिन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो ।

हुलाकमार्फत चिठी आदानप्रदान गर्नेको संख्या बर्सेनि क्रमशः घट्दै गएको छ । टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या घटेको जिल्ला हुलाक कार्यालय लमजुङका प्रमुख गंगा घलेले बताए । एकदशक अगाडिसम्मपनि कतिपयले हुलाकमार्फत चिठी पठाउँदै आए पनि हिजोआज सञ्चारको विकाससँगै हुलाकमार्फत पत्राचार कम भएको घलेले बताए ।

सरकारी कार्यालय, संघसंस्था तथा विद्यालय र एफएम रेडियोका चिठी अहिले पनि हुलाकमार्फत आउने गरेको तर व्यक्तिगत चिठी भने हुलाकमार्फत आदानप्रदान गर्ने चलन हराउँदै गएको उनले जानकारी दिए । सर्वसाधारणले आधुनिक प्रविधिको प्रयोगमा छिनमै देशविदेशमा खबर आदानप्रदान गर्न सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *