वीरगन्ज :

वीरगञ्जमा शैक्षिक सेवा विस्तार: ‘नमस्ते एजुकेसन फाउन्डेसन’ सुरु, भारत अध्ययनका लागि मार्गदर्शन उपलब्ध

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.5kViews
1098 Shares

बीरगन्ज,२४ चैत । वीरगञ्जको लिंकरोडस्थित नमस्ते एजुकेसन फाउन्डेसन प्रा.लि. मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आयोजित एक कार्यक्रमबीच संस्थाका अध्यक्ष अजित चौरसिया र एक छात्राले संयुक्त रूपमा रिबन काटेर फाउन्डेसनको उद्घाटन गरेका हुन्।

फाउन्डेसनले विशेषगरी भारतमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउने जनाएको छ। संस्थाका अध्यक्ष चौरसियाका अनुसार भारतका विभिन्न प्रतिष्ठित शैक्षिक संस्थाहरूमा भर्ना प्रक्रिया, विषय छनोट, कलेज चयन तथा आवश्यक कागजी प्रक्रियामा विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो।

उनले नेपालबाट भारत अध्ययनका लागि जाने विद्यार्थीहरू सही मार्गदर्शनको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै नमस्ते एजुकेसन फाउन्डेसनले उक्त कमी पूर्ति गर्ने विश्वास व्यक्त गरे।

फाउन्डेसनले विद्यार्थीलाई निःशुल्क काउन्सेलिङ, कलेज तथा कोर्स छनोट, भर्ना प्रक्रिया तथा आवश्यक कागजात तयारीमा सहयोग गर्ने जनाएको छ। साथै, भारतमा अध्ययनका क्रममा आवश्यक पर्ने जानकारी तथा सहजीकरण सेवा समेत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिएको छ।

स्थानीय स्तरमै गुणस्तरीय शैक्षिक परामर्श सेवा उपलब्ध भएपछि विद्यार्थी तथा अभिभावकलाई सहज हुने अपेक्षा गरिएको छ। फाउन्डेसनले भविष्यमा अन्य देशका लागि समेत सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ।

उद्घाटन कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *