![](https://birgunjreport.com/wp-content/uploads/2022/09/2-34-1024x576.jpg)
श्रेणी : राजनीति
44Views
0
Shares
काठमाडौ, भदौ २० गते।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी आज भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ ।
नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आएका हुन् । उनी प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया