वीरगन्ज :

महागढीमाई नगरपालिकामा आज शोक बिदा, प्रशासनिक सेवा बन्द

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.3kViews
1513 Shares

बीरगन्ज,२९ असार । बाराको महागढीमाई नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्र–५ मा कार्यरत स्वास्थ्यकर्मी ज्ञानसागर चौधरीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सोमबार स्थानीय शोक बिदा घोषणा गरेको छ।

नगरपालिकाले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै चौधरीको निधनले सम्पूर्ण नगरपालिका परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ। सूचनामा दिवंगत चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।

नगरपालिकाका अनुसार यस दुःखद घटनालाई मध्यनजर गर्दै २०८३ असार २९ गते सोमबार महागढीमाई नगरपालिका अन्तर्गतका सबै कार्यालयमा स्थानीय शोक बिदा दिइएको हो।

नगरपालिकाले स्वास्थ्य सेवा क्षेत्रमा चौधरीले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *