वीरगन्ज :

बीरगन्ज उद्योग वाणिज्य संघद्वारा पर्साका नवनिर्वाचित सांसदलाई सम्मान

श्रेणी : मधेस

4 weeks
Pradeep Sah
1.8kViews
1635 Shares

बीरगन्ज,०९ चैत । बीरगन्ज उद्योग वाणिज्य संघले पर्सा जिल्लाबाट निर्वाचित चारै जना प्रतिनिधिसभा सदस्यहरूलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ।

पर्साका चार निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरू हरि पन्त (क्षेत्र नं. १), सुशील कुमार कानु (क्षेत्र नं. २), रामाकान्त चौरसिया (क्षेत्र नं. ३) र टेक बहादुर शाक्य (क्षेत्र नं. ४)लाई संघका अध्यक्ष हरी गौतमले सम्मान गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विजयी उम्मेदवारहरूले पर्सामा उल्लेख्य मत प्राप्त गरेको उल्लेख गर्दै यसले जिल्लामा नयाँ राजनीतिक सन्तुलन र जनसमर्थनको संकेत दिएको सहभागीहरूले बताएका थिए।

कार्यक्रममा अशोक टेमानीसहित उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पदाधिकारी तथा स्थानीय उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अवसरमा संघका पदाधिकारीहरूले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गर्दै पर्साको आर्थिक विकास, व्यापार प्रवर्द्धन र उद्योग क्षेत्रका समस्या समाधानमा साझेदारी गर्ने अपेक्षा व्यक्त गरे। निजी क्षेत्र र सरकारबीचको समन्वयले जिल्लाको आर्थिक गतिविधिलाई थप गतिशील बनाउने विश्वास पनि व्यक्त गरिएको थियो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको संघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *