![](https://birgunjreport.com/wp-content/uploads/2022/08/1-19-1024x614.jpg)
श्रेणी : राजनीति
81Views
0
Shares
काठमाडौं । भदौ २ गते
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ ।राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन् ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया