वीरगन्ज :

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

श्रेणी : BANNER

3 weeks
Pradeep Sah
3.0kViews
1136 Shares

वीरगञ्ज, २० साउन । पर्सा प्रहरीले २०७ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा मंगलबार साँझ करिब ६:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप गाडी रोकी जाँच गरेको थियो।

जाँचका क्रममा गाडीभित्र सिमेन्टको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा २०७ किलोग्राम गाँजा जस्तो देखिने लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्णा लामालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएको छ।  प्रहरीले पक्राउ परेका लामामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *