वीरगन्ज :

नागरिकको सतर्कता र जनसहभागिता, चोरी नियन्त्रणको मूल आधार : प्रहरी निरीक्षक गुप्ता

श्रेणी : BANNER

1 month
Pradeep Sah
2.2kViews
1674 Shares

कावासोती, साउन ८ । जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा प्रहरी निरीक्षक मुरारी प्रसाद गुप्ताले चोरी नियन्त्रणका लागि अपनाउन सकिने प्रभावकारी उपाय, आवश्यक सुरक्षा सतर्कता तथा सचेतनाका विविध पक्षबारे प्रकाश पारेका थिए।
प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक गुप्ताले चोरीका घटना न्यूनीकरण गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रहरी–जनता साझेदारी (Police–Public Partnership) को भूमिका अत्यन्त महत्वपूर्ण रहने धारणा व्यक्त गरे। समुदायको सक्रिय सहभागिता, समयमै सूचना आदान–प्रदान तथा पारस्परिक सहकार्यबाट चोरी नियन्त्रणलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।
समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्दै प्रहरी र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *