वीरगन्ज :

ग्यास लिक भएर आगलागी, तीन कामदार घाइते

श्रेणी : BANNER

1 month
Pradeep Sah
2.3kViews
1937 Shares

जनकपुर,०७ साउन । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित ग्रिन बायो फ्यूल उद्योगमा ग्यास लिक भएर भएको आगलागीमा तीन जना कामदार घाइते भएका छन्।

बिहीबार बिहान उद्योग परिसरभित्र रहेको कोठामा खाना पकाउने क्रममा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

घाइते हुनेमा बाराको प्रसौनी गाउँपालिका–४ का २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सार र २५ वर्षीय धर्मराज महतो रहेका छन्। उनीहरूको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ।

घाइते तीनै जनालाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। थप उपचार आवश्यक भएपछि उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *