वीरगन्ज :

एमाले संसदीय दलको बैठक आज

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
1.6kViews
1735 Shares

काठमाडौं,१८ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दै छ। बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको हो।

मंगलबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको आगामी बैठकलाई मध्यनजर गर्दै संसदीय रणनीति तय गर्न दलको बैठक बोलाउने निर्णय गरेको थियो। पार्टी सचिव महेश बस्नेत का अनुसार बैठकमा संसद्मा उठाइने एजेन्डा र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।

भोलि बस्ने प्रतिनिधिसभाको पहिलो बैठकको तयारीका साथै समग्र संसदीय भूमिकाबारे स्पष्ट धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ।

यसैबीच, सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली सम्बन्धी विषयमा संसद्भित्र प्रभावकारी ढंगले प्रस्तुत हुन उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याल लाई जिम्मेवारी दिएको छ।

बैठकलाई एमालेको आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *