वीरगन्ज :

वीरगञ्जको हरि खेतान बहुमुखी क्याम्पसमा विवाद चुलियो, प्रमुखमाथि कालोमोसो दलियो

श्रेणी : BANNER

4 weeks
Pradeep Sah
2.5kViews
1599 Shares

बीरगन्ज,३१ वैशाख । बीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा शिक्षक र प्रशासनबीचको विवाद उग्र बनेपछि क्याम्पस प्रमुख किशोरी राय यादवमाथि कालोमसो प्रहार गरिएको छ। सेवा सुविधा र प्रशासनिक व्यवस्थापनप्रति असन्तुष्ट शिक्षकहरूले विरोधस्वरूप यस्तो व्यवहार गरेका हुन्।

क्याम्पसमा लामो समयदेखि पारिश्रमिक, प्रशासनिक सुधार र विभिन्न मागलाई लिएर असन्तुष्टि बढ्दै गएको बताइएको छ। आन्दोलनरत शिक्षकहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै क्याम्पस परिसरमै प्रमुख यादवमाथि दुर्व्यवहार गरेका थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ भने यसले शैक्षिक क्षेत्रमा व्यापक चर्चा पैदा गरेको छ। क्याम्पसका कर्मचारी तथा शिक्षाविद्हरूले संवाद र वार्ताबाट समाधान खोज्नुपर्ने विषयमा जोड दिँदै यस्तो शैलीको विरोधलाई अनुचित बताएका छन्।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साको टोली क्याम्पस पुगेको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

क्याम्पस प्रमुख यादवले आफूमाथिको व्यवहारलाई व्यक्तिगत आक्रमण मात्र नभई शैक्षिक संस्थाको गरिमामाथिको प्रहार भएको प्रतिक्रिया दिएका छन्। घटनापछि क्याम्पसको शैक्षिक र प्रशासनिक गतिविधिमा समेत असर परेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *