वीरगन्ज :

आमाकै हातबाट २० दिने शिशुको हत्या

श्रेणी : BANNER

8 months
Pradeep Sah
2.5kViews
1713 Shares

सिरहा,०१ भदौ । सिरहाको खडक नगरपालिका–८, बगोल भदियामा एक आमाले आफ्नै २० दिने शिशुको हत्या गरेकी छन्।

३० वर्षीया आइसा खातुनले मानसिक सन्तुलन बिग्रिएको अवस्थामा शिशुलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटना शुक्रबार राति भएको हो।

खुकुरी प्रहारबाट गम्भीर घाइते शिशुलाई तत्काल अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।

स्थानीयवासीका अनुसार खातुन लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट ग्रसित थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *