वीरगन्ज :

यो संसद जनताका धेरै अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ आएको छः प्रधानमन्त्री

श्रेणी : राजनीति

2 years
birgunj report
146Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद सबै सांसदका लागि परीक्षाको केन्द्र भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो संसदले जनताका धेरै अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ आएको बताएका हुन् । उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए ।

उनले भने, ‘हामीलाई जनताले सशर्त समर्थन दिएका छन् । जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ सक्दैनौँ? त्यसैले यो संसद हाम्रो परीक्षा पनि हो। हामी निरन्तर जनताको निगरानीमा छौँ।’

उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए । उनले यो पटक नयाँ दलहरु संसदमा आएका पनि बताए।

उनले भने, ‘नयाँ दलहरु संसदमा आउनु भएको छ। तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिकको जीत हो ।तपाईंहरुको आवेग जाजय छ। ’केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भनेर आशा जगाउनु छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *