
श्रेणी : अर्थ
158Views
0
Shares
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै आन्तरिक हवाई भाडा पनि घट्ने भएको छ । पुस २७ गतेदेखि लागू हुने वायुसेवा सञ्चालक संघले भाडा घटाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै हवाई भाडा पनि घटेको हो ।
सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढी रुटमा ८८५ रुपैयाँ घटेको छ छ भने कम भाडा दर घट्नेमा काठमाडौं–सिमरा रुटमा १८० रुपैयाँ घटेको छ । यस्तै, काठमाडौंदेखि पर्वतीय उडान गर्दाको भाडामा ६५० रुपैयाँ कम हुने भएको छ ।


प्रतिक्रिया