
श्रेणी : राजनीति
36Views
0
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबरा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन् । कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने प्रवक्ता खतिडाले बताए ।


प्रतिक्रिया