वीरगन्ज :

महान् फुटबलर पेलेको निधन

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
24Views
0 Shares

काठमाडौ । महान् फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षीय ब्राजिलियन फुटबलर पेलेको उपचारको क्रममा बिहीबार राति अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । पेलेले आफ्नो फुटबल खेल जीवनमा १३६३ खेलमा १२८१ गोल गरेका छन् ।

पेले विश्वका एकमात्रै यस्ता महान खेलाडी हुन् जसले आफ्नो करियरमा तीन पटक विश्वकपको उपाधि जितेका छन् । उनले १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । उनी मिर्गौला र प्रोस्टेट रोगबाट ग्रसित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *