श्रेणी : BANNER
9Views
0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो सरकारी निवास छाडेपछि प्रधानमन्त्री प्रचण्ड साँझ बालुवाटार सरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री दाहाल पुत्री गंगा दाहाललाई हस्तान्तरण गरेका छन् ।
देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।
प्रतिक्रिया