![](https://birgunjreport.com/wp-content/uploads/2022/12/bahadur-singh.jpg)
श्रेणी : राजनीति
11Views
0
Shares
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।
संसदीय दलको नेता चयनको लागि बुधबार कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा भएको निर्वाचनको मतपरिणाम अनुसार, लामा दलको नेतामा निर्वाचित भएका हुन् ।
लामा ईन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् । लामाले २१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बानियाँले १६ मत प्राप्त गरे । निर्वाचनमा बागमती प्रदेशसभाका लागि कांग्रेसबाट निर्वाचित ३७ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया