
श्रेणी : समाचार
20Views
0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् । सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्वको विषयमा सहमति नजुटेपछि प्रचण्ड एमालेसँग सहकार्यका लागि बालकोट पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ ।

प्रतिक्रिया