वीरगन्ज :

चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरियो, १० वर्षसम्म नेपाल आउन नपाउने

श्रेणी : BANNER

2 years
birgunj report
17Views
0 Shares

काठमाडौं । बिकिनी किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई शुक्रबार फ्रान्स डिपोर्ट गरिएको छ । १० वर्षसम्म नेपाल आउन नपाउने गरी उनलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।

उनलाई सााँझ ६ बजे कतार एयरलाइन्सको जहाजबाट उनलाई फ्रान्स डिपोर्ट गरिएको हो । कर्तव्य ज्यानको कसुरमा केन्द्रीय कारागारमा १९ वर्ष २ महिना जेल बसेर उनी शुक्रबार रिहा भएका थिए। रिहा भएलगत्तै उनलाई फ्रान्स डिपोर्ट गरिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको थियो। सर्वोच्चले शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र स्वदेश पठाउनसमेत सरकारका नाममा आदेश जारी गरेको थियो।

सर्वोच्चको सोही आदेशअनुसार उनलाई फ्रान्स पठाइएको हो । शोभराजले २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुरको मनोहरा खोलामा फालेका थिए ।

उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले २०३२ पुस ६ मा मुद्दा दायर गराएका थिए। त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्यामा उनैको संलग्नता देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *