वीरगन्ज :

भ्रष्टाचार मुद्दामा एसपी रामेश्वर यादव दोषी ठहर

श्रेणी : समाचार

3 years
birgunj report
33Views
0 Shares

काठमाडौं । नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्चका न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको हो ।

सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो । उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।

२०७० सालमा रुपन्देहीमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेषले उनलाई सफाइ दिएपनि सर्वोच्चमा मुद्दा दर्ता भएको थियो । उनको सजाय निर्धारण भने हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *