वीरगन्ज :

देउवाको नेतृत्वमा सरकार बनाउन सघाउन प्रचण्डलाई सिंहको आग्रह, प्रचण्डद्वारा अस्वीकार

श्रेणी : राजनीति

3 years
birgunj report
27Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न नेता सिंह शुक्रबार बिहान प्रचण्ड निवास  पुगेका थिए ।

भेटमा नयाँ सरकार गठनलगायत समसामयिक विषयमा उनीहरुबीच छलफल भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए । सिंहले प्रचण्डलाई ठूलो दलको नाताले सभापति देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले अहिले कांग्रेस नेतृत्वमा सरकार रहेकोले नयाँ सरकार माओवादीको नेतृत्वमा बन्नुपर्ने बताएका छन् ।

सिंहलाई प्रचण्डले भने,‘मेरो नेतृत्वमा सरकार बनाउन कांग्रेस सकारात्मक होस्।’ प्रचण्डसँगको भेटपछि सिंहले प्रधानमन्त्री देवाउसँग भेट गरी प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *