
श्रेणी : राजनीति
34Views
0
Shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् ।
बिहीबार शपथग्रहणपछि संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताएका हुन् ।
उनले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको बताए । उनले आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यकताको पद लिने बताए ।
उनले यो गठबन्धन कायम रहने र पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरेबमोजिम हुने बताए । उनले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए ।


प्रतिक्रिया