वीरगन्ज :

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

श्रेणी : BANNER

3 years
birgunj report
30Views
0 Shares

काठमाडौं । बिकिनी किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको हो शोभराजका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमा आदेश जारी गर्दै सर्वोच्चले निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड, संविधान तथा कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको भनेको छ ।

शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा उनी मुटुसम्बन्धी रोगबाट पीडित भइ उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

सर्वोच्चले अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउनआदेश दिएको छ ।

फ्रान्सेली नागरिक शोभराज सन् २००३ मा नेपालमा पक्राउ परेका थिए। कर्तव्य ज्यानको मुद्दामा उनलाई जिल्ला अदालत भक्तपुरले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *