श्रेणी : राजनीति
7Views
0
Shares
काठमाडौं । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसद पदको शपथ लिएका छन् । बुधबार ८१ वर्षीय जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित एक कार्यक्रममा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
प्रतिनिधिसभाको सभामुख र उप–सभामुखको निर्वाचन नभइसकेको र दुवै पद रिक्त रहेको अवस्थामा जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ ग्रहणपछि अरु सांसदहरुलाई शपथ दिलाउने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार जबराले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।
जबराले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदहरुलाई बिहीबार शपथ गराउनेछन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सहित २ सय ७५ जना निर्वाचित भएका छन्।
प्रतिक्रिया