वीरगन्ज :

कैलालीमा डाका समूहको गोली प्रहारबाट एकजना घाइते

श्रेणी : राष्ट्रिय

3 years
birgunj report
27Views
0 Shares

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा गोली चलेको छ । वडा नम्बर ९ शिवरामनगर टोलमा मंगलबार बिहान गोली चलेको हो। स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेका विष्टले बताएका छन् गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन् ।

विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए । तर यो सम्बन्धमा कैलाली प्रहरीसँग बुझ्दा चोरहरू र स्थानीयबीच हात हालाहाल मात्रै भएको बताएको छ। गोली नचलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नावय उपरीक्षक वेदप्रकाश जोशीले बताए । तर स्थानीयले भने प्रहरीले गोलीका खोकाहरु समेत लिएर गएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *