वीरगन्ज :

ट्रम्पमाथि चारवटा फौजदारी अभियोग लगाउन सिफारिस

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
30Views
0 Shares

दुई वर्षअघि अमेरिकाको संसद रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले देशद्रोहसहितका फौजदारी अभियोगहरू सामना गर्नुपर्ने सिफारिस गरेको छ ।

डेमोक्रेटिक नेतृत्वको उक्त समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनको सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको हो । संसदीय समितिले ट्रम्पकी एकजना पूर्व सहयोगी होप हिक्सले ट्रम्पलाई उनको विरासतबारे दिएको चेतावनीको एउटा नयाँ क्लिप समेत सुनाएको छ ।

ट्रम्पका समर्थकहरूले सन् २०२१ को जनवरी ६ मा कङ्ग्रेसमा दङ्गा मच्चाउँदै जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा अवरोध पुर्याएका थिए । ट्रम्पले आफूले कुनै गल्ती नगरेको एक विज्ञप्तिमार्फत् बताउँदै उक्त समितिलाई ‘कङ्गारु कोर्ट’ को आरोप लगाएका छन् ।

उनले यस अनुसन्धानलाई आफूलाई पुनः राष्ट्रपति निर्वाचनमा भाग लिन रोक्ने प्रयास भएको बताएका छन् । उक्त दङ्गाबारे झण्डै १८ महिना अनुसन्धान गरेपछि तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सको उक्त समितिले सोमबारको आफ्नो अन्तिम बैठकमा ट्रम्पले चारवटा अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो ।

उनले देशद्रोहका निम्ति दुरुत्साहन, सहायता, सहयोग गरेको, औपचारिक प्रक्रियामा अवरोध पुर्याएको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको र झुटो वक्तव्य बनाउने षड्यन्त्र गरेको अभियोग लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *