वीरगन्ज :

अस्ट्रेलियामा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीसहित ६ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
154Views
0 Shares

अस्ट्रेलियामा बन्दुकधारीको आक्रमणमा परी दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । लामो समय चलेको आक्रमणपछि तीन संदिग्ध पनि प्रहरीको गोली लागेर मारिएका छन् ।

ब्रिस्बेन क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा रहेको वाइम्बिलामा बेपत्ता व्यक्तिको खोजी गर्न चार प्रहरी त्यहाँ पुगेका थिए। सोही क्रममा उनीहरुमाथि आक्रमण भएको थियो। आक्रमणको उद्देश्य अझै अस्पष्ट रहेको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई अस्ट्रेलियाका लागि ‘हृदयविदारक दिन’ भनेका छन् । मारिनेमा २६ वर्षीय म्याथ्यु अर्नोल्ड र २९ वर्षीय रेचेल म्याक्रोको गोली प्रहारबाट मृत्यु भएको छ ।

अर्का प्रहरीलाई गोली लागेको र एकजना त्यहाँबाट भाग्न सफल भएको प्रहरीले बताएको छ । अनुसन्धान गर्न गएका प्रहरीमाथि घेराबन्दी गर्ने क्रममा संदिग्धहरूले ५८ वर्षीय एक अज्ञात व्यक्तिको पनि हत्या गरेका थिए।

अर्नोल्ड र म्याक्रो पुलिस बलमा नयाँ थिए तर दुवैले प्रतिबद्ध र साहसी भएकोले ख्याति कमाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *