वीरगन्ज :

निर्वाचनपछि एमालेको बहुमतको सरकार बन्ने ओलीको दाबी

श्रेणी : BANNER

2 years
birgunj report
16Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गरेका छन् ।

आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नम्बर ‘क’ को महेन्द्र शान्ति मा.वि मतदान केन्द्रबाट मतदान गरेपछि उनले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे ।

अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताए । उनले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनले भने,‘ निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु । मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदि भएन भने साझेदार गरेका दलहरुसँग सरकारमा सामेल हुन्छौँ ।’

अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । अध्यक्ष ओलीले भोट हालेको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवराका रुपमा एमाले नेता महेश बस्नेत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *